एसइईको नतिजा आज आउने, यसरी हेर्ने नतिजा

रिपोर्ट नेपाल | 2018 Jun 23 | 09:19 am 4590

काठमाडौं, असार ९: माध्यामिक शिक्षा परीक्षा(एसइई) को नतिजा आज सार्वजनिक हुने भएको छ । गत चैत महिनामा संचालित परीक्षाको नतिजा सार्वजनिक गर्न परीक्षा नियन्त्रण कार्यालयले दिउँसो ३ बजे बैठक बोलाएको छ ।

परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले सबै तयारी पूरा भएकाले शनिबार दिउँसो नतिजा सार्वजनिक गर्न लागिएको जानकारी दिए ।

यस वर्षको एसईई परिक्षामा ४ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए।

नतिजाका लागि

एसईईको नतिजा वेवसाइट, एसएमएस र आईभिआरबाट प्रकाशन हुने भएको छ । नेपाल टेलिकम, आकाश टेक प्राली, फोकशवान नेपाल, एनसेल, वान अप कम्युनिकेशन, जानकी टेक्नोलोजी, एजि सर्भिस लगायतबाट एसएमएसमार्फत हेर्न सकिन्छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट http://www.soce.gov.np मा हेर्न पनि सकिने बोर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np, राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरको www.neb.gov.np र नेपाल टेलिकमको http://www.slc.ntc.net.np , एनसेल प्रा. लि.को www.ncell.axiata.com मा गएर पनि परीक्षाको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । तर, लोड बढी भएका कारण यी साइटहरू खुल्न सकेका छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.