एसइईको तयारीमा रहेकी छात्राको सवारी दुर्घटनामा मृत्यु, अन्य तीन घाइते

रिपोर्ट नेपाल | 2019 Mar 18 | 02:45 pm 3279

कपिलवस्तु, चैत ४ :  पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका ५, खैरीमा मोटरसाइकलको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

शिवपुरबाट चन्द्रौटातर्फ आइरहेको ना ६ प ७४२१ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिंदा आइतबार राती मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी शिवराज नगरपालिका २, बालापुरकी १६ वर्षीया कमला बस्यालको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक बस्याल एसइई परिक्षाको तयारीमा रहेको बताइएको छ ।

यस्तै दुर्घटनामा मोटरसाइकल चालक शिवराज नगरपालिका १ बस्ने वर्ष २१ का सुशान्तराज थापा, तथा मोटरसाइकलमा सवार सोही ठाउँका २१ वर्षिय सन्दीप पोख्रेल र कपिलबस्तु नगरपालिका ९, श्रीनगर बस्ने वर्ष २० का दिलीप बञ्जाडे सामान्य घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले बताएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.