एसइई दिएका विद्यार्थीहरुलाई दिइयो ट्राफिक नियम सम्बन्धी ज्ञान

रिपोर्ट नेपाल | 2019 Apr 01 | 10:51 pm 2150

गुल्मी, चैत्र १८ :  जिल्ला ट्राफिक प्रहरी कार्यलय गुल्मीले एसइई दिएका विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी ज्ञान दिइएको छ ।

सोमबार एसइई सकेका विद्यार्थीहरुलाई लक्षित गरी ज्ञान दिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय गुल्मीका प्रमुख पृथ्वीनारायण काप्mलेले जानकारी दिए ।

जिल्लाका १२ वटै स्थानीय तहहरुका केन्द्रमा करिब २ हजार विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी ज्ञान सिकाइएको प्रमुख काफ्लेले दाबी गरे ।

भर्खर एसइई दिएका विद्यर्थीहरु विस्तारै शहरतिर प्रवेश गर्ने भएका र उनीहरुले सवारी चलाउन सिक्ने भएकाले पनि यो कार्यक्रम प्रभाबवकारी भएको कार्यालयले दाबी गरेको छ ।

विद्यार्थीहरुलाई ट्राफिक ज्ञान सम्बन्धी जानकारी पनि नहुने भएकाले पनि यसरी ट्राफिक नियम सम्बन्धी ज्ञान दिएको र जनधनको सुरक्षाका निम्ति पनि यो कार्यक्रम फलदायी भएको विद्यार्थीहरुले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.