एलआरआई स्कुल र बेलायतको इङ्लिस इन चेस्टरबीच शैक्षिक सम्झौता

रिपोर्ट नेपाल | 2018 Aug 30 | 07:45 am 4705

काठमाडौं, भदौं १४: शैक्षीक गुठी अन्र्तगत सञ्चालित काठमाडौंको कलंकीस्थित एलआरआई स्कुल र बेलायतकोे इङ्लिस इन चेस्टरबीच द्विपक्षिय शैक्षिक सहकार्य गर्ने सम्झौता भएको छ। बुधबार दुबै स्कुलका प्रतिनिधिहरुले सम्झौता पत्रमा हस्ताक्षर गर्दै शैक्षिक सहकार्य गर्ने सम्झौता गरेका हुन्।

सम्झौता पत्रमा एलआरआईका तर्फबाट प्राचार्य डा. देवकान्त जोशी र इङ्लिस इन चेस्टरका तर्फबाट निगेल परमोरले हस्ताक्षर गरेका छन् । सम्झौता समारोहमा विद्यालयका संस्थापक गुठियार यशोधरा पन्त, लेखा प्रमुख दिपक जोशी, विद्यालय व्यवस्थापन समितिका सदस्य साधुराम गौतम, इङ्लिस इन चेस्टरकी जेनी, एनएनए तथा लण्डन नेपाल न्युज बेलायतका सम्पादक एभरेष्ट गौतम लगायतको सहभागिता रहेको थियो ।

छोटो अवधिको शिक्षणका लागि विद्यार्थीको भाषाको गुणस्तर तथा अभिभावकका लागि छोटो अवधिको भाषा प्रशिक्षण गर्ने कुरामा दुवै पक्ष सहमत भएका बताइएको छ । एलआरआईले सम्झौता गरेको बेलायतको उक्त विद्यालय बेलायतका करिब ५ सय विद्यालय मध्ये टप थ्रीमा रहेको बताइएको छ ।

एलआरआईले करिव १७ देशसँग द्विपक्षीय सम्झौता गरिसकेको विद्यालयका प्राचार्य जोशीले बताए । इङ्लिस इन्चेस्टरसँगको सम्झौताले छोटो समयका लागि इङ्लिस पढ्न जाने विद्यार्थीहरुका लागि कासेढुंगा सावित हुने विद्यालयले विश्वास लिएको जोशीले बताए ।

इन चेस्टरसँगको सम्झौता पछि एलआरआईलाई विश्वका अन्य देशसँग पनि सहकार्य गर्न सकिने विश्वास लिइएको लेखा प्रमुख जोशीले बताए । यो कार्यक्रमको उद्देश्य विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विश्व भरीको भाषा, भेषभुषा, रहन सहन लगायत सांस्कृतिक आदान प्रदान गर्नु रहेको जोशीको भनाई छ ।

‘विद्यालय सधै नविनतम प्रविधिको प्रयोग गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्नमा तल्लीन रहेको छ’, प्राचार्य जोशीले भने, ‘आगामी दिनमा यसको दायरा थप फराकिलो बनाइदै लगिने छ ।’ यस्ता कृयाकलापले विद्यार्थीको र विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिइएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.