एम्बुलेन्सकाे ठक्करबाट एक महिला स्वास्थ्यकर्मीकाे मृत्यु

| 2020 Apr 01 | 03:10 pm 2024

सुनसरी, चैत १९ः बुधबार एम्बुलेन्सको ठक्करबाट सुनसरीको इनरुवामा एक महिला स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत घोपाली टोलमा को १ च ९६०५ नम्बरको एम्बुलेन्सले को १६ प २०६४ नम्बरको स्कुटरलाइ ठक्कर दिँदा स्कुटरमा सवार इनरुवा ६ मधेशाकी ३५ वर्षीया रत्ना श्रेष्ठको मृत्यु भएको हो ।

श्रेष्ठ घरबाट कार्यालय जाने क्रममा दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । टाउकोमा चोट लागेकी उनलाइ उपचारका लागि न्यूरो हस्पिटल विराटनगर लैजाँदै गर्दा श्रेष्ठको बाटोमा नै मृत्यु भएको सुनसरी प्रहरीले जानकारी दिएकाे छ ।

ठक्कर दिने  एम्बुलेन्सका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिरामी बोकेको एम्बुलेन्स खुल्ला सडकमा तीव्र गतिमा रहेका कारण दुर्घटनामा परेको प्रहरीको अनुमान छ । श्रेष्ठ मधेशा स्वास्थ्य चौकीमा कार्यरत रहेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.