एमाले नेता भीम आचार्यका भाइ मृत भेटिए

रिपोर्ट नेपाल | 2021 Aug 26 | 12:09 pm 2189

सुनसरी, भदाैं १०: एमाले नेता भीम आचार्यका भाइ सुतेकै ओछ्यानमा बिहीबार बिहान मृत फेला परेका छन्।  सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरको सुतेकै ओछ्यानमा ५९ वर्षीय राम आचार्यलाई मृत फेला पारिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए। उनका अनुसार कोठाको ढोकाको चुक्कुल भित्रबाट लगाएको अवस्थामा ओछ्यानमै लडिरहेको अवस्थामा आचार्यको शव रहेको थियो।

उनलाई मुधमेह, उच्च रक्तचाप र डिप्रेशनको पुरानै समस्या रहेको बताइएको छ। बिहान १०:३० बजेतिर प्रहरीले घटना थाहा पाएको हो। घटनालगत्तै प्रहरी टोलीले आचार्यको घरमा पुगेर घटनाको अनुसन्धान थालेको छ। स्रोतका अनुसार कान्छा भाइको निधन भए पनि मुख्यमन्त्री बन्ने तयारीमा रहेका भीम आचार्यलाई घटनाको जानकारी गराइएको छैन।

उनलाई प्रदेश १ को मुख्यमन्त्री बनाउन एमाले संसदीय दलको बैठक आज बोलाइएको छ। उनी काठमाडौंबाट अहिले बिहान विराटनगर आउने तयारीमा थिए। बिहान ११ बजे बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.