एपीएफ टोलीद्वारा लागूऔषधसहित एक पक्राउ

| 2020 May 12 | 09:03 pm 2340

सुनसरी, बैशाख ३०ः जिल्लाको बराहक्षेत्र नगरपालिका ८ प्रकाशपुरस्थित रामधुनी जाने जंगलको बाटोबाट मंगलबार एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको कोशी गाउँपालिका १ लौकहीका १९ बर्षीय रोशन झा रहेका छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

स १० प ४६९२ नम्बरको मोटरसाइकलमा सवार निज झालाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा डाईलेस डिसी ६५ बोतल, स्मास्मो प्रोक्सिभन १ हजार ४ सय ४० वटा, लिजिक इन्जेक्सन १ सय ५० एम्पुल, डाईजिल्याब इन्जेक्सन १ सय ५० एम्पुल, प्रोमेथाजिन हाईड्रोक्लोराईड इन्जेक्सन १ सय ५० एम्पुल र फेन्सीडिल न्यू दुई बोतल फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले उनको साथबाट मोबाईल सेट एउटा, घडी एउटा, ११ हजार ८ सय १० नेपाली रुपैयाँ, १ हजार २ सय ३० भारतीय रुपैयाँ तथा उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ ।

पक्राउ परेका निज झालाई बरामद लागूऔषध र सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.