एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

| 2021 Mar 18 | 08:03 pm 2317

सुनसरी, चैत ५ः जिल्लाको ईनरुवा नगरपालिका ४ स्थित बसचोकबाट एपीएफ टोलीले २८ सय वटा ट्रमापोल हाईड्रोक्लोराईड क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको धरान उपमहानगरपालिका ८ बस्ने २९ वर्षीय अजय श्रेष्ठ र ३० वर्षीय निपेन श्रेष्ठ रहेका छन् ।

को ५ प ७६४७ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरको साथमा उल्लेखित परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

उक्त समयमा एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका दुबै जनालाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाईएको छ ।

एपीएफ टोलीद्वारा चोरीपैठारीको चुरोट बरामद
धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २३ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव दुई लाख ४० हजार रुपैयाँ बराबरको दुई कार्टुन ब्लेक चुरोट बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त चुरोट सशस्त्र प्रहरी बल, नेपाल राजस्व भन्सार सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद चुरोट भन्सार कार्यालय जनकपुरमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.