एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Apr 22 | 10:11 pm 1845

सर्लाही, बैशाख १०ः जिल्लाको मलंगवा नगरपालिका ८ झिलीमिलीमाई नाकाबाट मंगलबार एपीएफ टोलीले २८ बोतल कोडिन फोस्पेट नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँका ३३ वर्षीय सुशिलकुमार राउत र २८ वर्षीय मनोज राउत रहेका छन् ।

बीआर जे ५८८१ नम्बरको भारतीय मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मलंगवाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.