एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 03 | 08:49 pm 1899

बारा, जेठ २१ः जिल्लाको बिश्रामपुर गाँउपालिका ३ स्थित सीमा ईलाकाबाट बुधबार एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेकाे छ । पक्रास पर्नेमा सोही ठाउँका १८ बर्षीय  धनन्जय यादव रहेका छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट खटिएको एपीएफ टोलीले निज यादवलाई शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राजेपाम ६ सय वटा र वीनसिरेक्स १ सय ४७ बोतल फेला परेपछि पक्राउ गरिएको हो ।

यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

एपीएफ टोलीद्वारा अवैध गाँजा तथा सुर्तीजन्य पदार्थसहित एक पक्राउ

धनुषा जिल्लाको नगराईन नगरपालिका २ राघवपुरस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले चार बोरा सुर्तीजन्य पदार्थ र पाँच केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ६ पिठिया बजारका ३१ बर्षीय राकेश कुमार मण्डल रहेका छन् ।

नेपालबाट भारततर्फ जाँदै गरेका निज मण्डललाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नगराईनबाट खटिएको एपीएफ टोलीले उक्त सुर्तीजन्य पदार्थ तथा गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ परेका मण्डललाई बरामद सुर्तीजन्य पदार्थ तथा गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

एपीएफ टोलीद्वारा गाँजा बरामद

सर्लाही जिल्लाको मलंगवा नगरपालिका १ स्थित भेडैयाबाट एपीएफ टोलीले करीब चार किलाे बढी गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीलाई देख्ने बितिकै उक्त गाँजा ल्याउने व्यक्ति झोला छाडि भागि फरार भएका थिए ।

एपीएफ टोलीले उक्त झोला जाँच गर्दा उल्लेखित परिमाणको गाँजा फेला पारेको हो ।

यसैगरि सर्लाही जिल्लाकै गोडौटा नगरपालिका १२ राघवपुर स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले बेवारिसे अवस्थामा रहेको करीब पाँच
किलाे गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बलराउधोरणबाट खटिएको एपीएफ टोलीले  उल्लेखित परिमाणको गाँजा बरामद गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.