एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jul 07 | 09:02 pm 1790

सुनसरी, असार २३ः जिल्लाको कोशी गाउँपालिका ८ चारकुने स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले २ लाख ७६ हजार ७ सय ८० भारतीय रुपैयाँसहित दुई जनालाई
पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतमा घर बताउने २८ वर्षीय मोहम्मद आरिफ र ३० वर्षीय कमरु जमा रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथबाट पाँच सय दरको ५ सय ५२ वटा, दुई सय दरको १ वटा, एक सय दरको ३ वटा, ५० दरको ३ वटा, २० दरको ३ वटा र १० दरको ७ वटा भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले उनीहरुको साथबाट २ सय ५० नेपाली रुपैयाँ समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद रुपैयाँसहित आवश्यक कारवाहीका लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

अवैध चोरीपैठारी निकासीको सामान बरामद

झापा जिल्लाको मेचीनगर नगरपालिका ६ दुर्गा मन्दिर स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव दुई लाख सात हजार रुपैयाँ बराबरको अवैध चोरीपैठारी निकासीको सामान बरामद गरेको छ ।

अवैध रुपले ओसार पसार गरिरहेको अवस्थामा उल्लेखित मुल्य बराबरको सुपारी, छोकडा, किराना सामान र जुत्ताचप्पल सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको एपीएफ टोलीले एक लाख ५८ हजार रुपैयाँ बराबरको युरिया मल बरामद गरेको छ ।

अवैध रुपमा चोरीपैठारी गरी भारतबाट ल्याएर भण्डारण गरी रोखेको अवस्थामा उल्लेखित मुल्य बराबरको एक सय ७६ बोरा युरिया मल एपीएफ टोलीले रौतहट
जिल्लाको इशनाथ नगरपालिका ४ लतमनी स्थित एक खरको छाप्रोबाट बरामद गरेको हो ।

बरामद मल भन्सार कार्यालय गौरमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.