एपीएफ टोलीद्वारा ब्राउन सुगर तथा चरेशसहित चार जना पक्राउ

| 2021 Mar 22 | 08:01 pm 2225

मोरङ,  चैत ९ः जिल्लाको पथरी शनिश्चरे नगरपालिका ९ धिमाल टोलबाट एपीएफ टोलीले करीब २५ ग्राम ब्राउन सुगरसहित सोही ठाउँ बस्ने बादल धिमाललाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस पथरी शनिश्चरेबाट खटिएको एपीएफ टोलीले निज धिमाललाई शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज धिमाललाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

एपीएफ टोलीद्वारा चरेशसहित तीन जना पक्राउ
बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ जमुनाह स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव एक किलाे चेरशसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको राप्ती सोनारी गाउँपालिका ३ बस्ने २९ वर्षीय आनन्द खड्का, २० वर्षीय कैलाश शाही र सोही जिल्लाकै कोहलपुर नगरपालिका ११ बस्ने ३५ वर्षीय विश्वपी परियार रहेका छन् ।

रुपडियाबाट कोहलपुरतर्फ जाँदै गरेको बा ६ च ७५७१ नम्बरको टाटा पिकअप गाडीमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जमुनाह बाँकेबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको चरेश फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसवेला उक्त टाटा पिकअप गाडी समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद चरेश तथा गाडीसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.