एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

रिपोर्ट नेपाल | 2020 Feb 05 | 08:53 pm 3290

काठमाडौं, माघ २२: विभिन्न स्थानबाट अवैध रुपमा ल्याएको चोरीपैठारीका सामान सशस्त्र प्रहरी बलले बरामद गरेको छ ।

झापा जिल्लाको मेचीनगर नगरपालिका ८ स्थित जोरसिमलबाट बुधबार एपीएफ टोलीले करीव चार लाख आठ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिममा औषधी तथा किराना सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म झापाबाट खटिएको टोलीले बरामद गरेको हो ।

बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।

यसैगरी सोही जिल्लाकै मेचीनगर नगरपालिका १३ स्थित चारआलीबाट आजकै दिन एपीएफ टोलीले करीव एक लाख ३९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान तथा लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट खटिएको एपीएफ टोलीले करीव दुई लाख दुई हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

बीआर ३० सी ३९१८ नम्बरको भारतीय मोटरसाईकलमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले सर्लाही जिल्लाको बरहथवा नगरपालिका १० स्थित सितापुरबाट बरामद गरेको हो ।

बरामद लत्ताकपडा तथा उक्त मोटरसाईकल भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.