एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

| 2021 Feb 02 | 08:46 pm 6697

रुपन्देही, माघ २०ः जिल्लाको सिद्वार्थनगर नगरपालिका १ स्थित डण्डाकोटहीमाई ईलाकाबाट मंगलबार एपीएफ टोलीले करीव एक लाख ३४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा मोटर पार्ट्स बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको एपीएफ टोलीले करीव एक लाख २७ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना तथा कस्मेटिक सामान एपीएफ टोलीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ ईनरुवास्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।  बरामद सामान भन्सार कार्यालय बीरगंजमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक  सुरेश गैरेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.