एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 27 | 08:38 pm 1944

धनुषा, असार १३ः जिल्लाको जनकपुर उपमहानगरपालिका ७ स्थित माछा बजार ईलाकाबाट शनिबार एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा तथा सुर्तिजन्य पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको मुसरनिया गाँउपालिका ५ बस्ने राज शर्मा र जनकपुर उपमहानगरपालिका १० बस्ने सुरेन्द्र महतो रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार सुरक्षा बेस जनकपुरबाट खटिएको एपीएफ टोलीले उक्त सामानसहित पक्राउ गरेको हो ।

ज ९ प ३८ नम्बरको मोटरसाइकल र अर्को एउटा नम्बर प्लेट नभएको मोटरसाइकलमा राखेर भन्सार छलि अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा तथा सुर्तिजन्य पदार्थ फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

एपीएफ टोलीले उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद सामान तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.