एपीएफ टोलीद्वारा आगलागी नियन्त्रण तथा चोरीपैठारीको सामान बरामद

| 2021 Mar 30 | 07:25 pm 7945

बाग्लुङ्ग, चैत १७ः जिल्लाको बडिगाड गाउँपालिका ७ स्थित भिमगिठ्ठेमा भएको आगलागी एपीएफ टोलीले स्थानीय प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा नियन्त्रणमा ल्याईएको छ । सोही ठाउँमा रहेको गंगाबहादुर गुरुङ्गको कच्ची घरमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा करीव १५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताईएको छ ।

उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म बाग्लुङ्गबाट खटिएको एपीएफ टोली  आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो ।

यसैगरी सर्लाही जिल्लाको चक्रघट्टा नगरपालिका ३ मा भएको आगलागी एपीएफ टोली र स्थानीय वासिन्दाले नियन्त्रणमा ल्याएका छन् ।

सोही ठाउँमा रहेको शेख महोमदको फुसको घरमा घुर ताप्ने क्रममा आगो सल्कन गई आगलागी हुँदा करीव पाँच लाख रुपैयाँ बराबरको अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको बताईएको छ ।

आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सुन्दरपुरबाट खटिएको एपीएफ टोलीले उक्त आगो विहान करीव साढे पाँच बजे नियन्त्रणमा ल्याएको थियो ।

यसैगरी नवलपरासी जिल्लाको प्रतापपुर गाँउपालिका ८ स्थित पिपरपातीमा भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।

उक्त ठाउँमा रहेको दुर्गा भेली उद्योग र शुभ लक्ष्मी भेली उद्योगमा अचानक आगलागी भई करीब ३० लाख ७० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ ।

आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गुठी प्रसौनीबाट एपीएफ टोली खटिई गई आगलागीमा नियन्त्रणमा सकृयताका साथ जुटेको थियो ।

यसैगरी बागलुङ जिल्लाको बागलुङ नगरपालिका २ लोकतान्त्रिक चोकस्थित ग्रिन एण्ड चिल्ड्रेन रेस्टुरेन्टमा भएको आगलागी सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म बागलुङबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।

उक्त रेस्टुरेन्टको भान्छा कोठामा ग्याँस लिक भई आगलागी भएको आगलागीमा करीब १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ ।

 चोरीपैठारीको सामान बरामद
बाँके जिल्ला जानकी गाँउपालिका १ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीब २ लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको ल्यापटप तथा नरिवल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जैसपुरबाट खटिएको एपीएफ टोलीले उल्लेखित सामान बरामद गरेको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.