एनसीसी बैंकको शेयर लिलामी भर्ने आज अन्तिम दिन

| 2022 Aug 08 | 10:07 am 1417

काठमाडौँ साउन २३ : एनसीसी बैंकको २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (साउन २२ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।  लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनी सहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १३१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

यसको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ | बोलपत्र कार्यक्रम बिहान ११ बजेबाट सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा सम्पन्न हुनेछ |

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.