एटिएम तोडफोड गरी चोरी गर्न खोज्ने थापा पक्राउ

| 2021 Mar 25 | 01:18 pm 3065

ललितपुर, चैत १२ः एटिएम तोडफोड गरी चोरी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्राउ पर्नेमा गोरखा सिरानचोक गाउँपालिका ५ घर भई हाल ललितपुर च्यासल बस्ने ३० वर्षीय भेष बहादुर थापा रहेका छन् ।

उनले गत फागुन २८ गते राती ललितपुर महानगरपालिका १४ खुमलटारस्थित रहेको ग्लोबल आईएमई बैंकको एटिएम र चैत ९ गते ललितपुर महानगरपालिका १४ बिशाल चोक स्थित सांग्रीला डेभलपमेन्ट बैंकको एटिएम फुटाई पैसा चोरी गर्न खेजेका थिए ।

विभिन्न अनुसन्धानका क्रममा थापालाई प्रहरीले उक्त घटनामा प्रयोग गरिएको बा ३५ प ६१५७ नम्बरको मोटरसाइकल र हेलमेटसहित मंगलबार ललितपुर महानगरपालिका १४ ताल्छीखेल स्थित वर्कशपबाट नियन्त्रणमा लिई चोरी उद्योग सम्बन्धी कसुरमा महानगरीय प्रहरी वृत्त सातदोबाटोमा अनुसन्धान कार्य भईरहेको महानगरीय प्रहरी परिसरले जानकारी दिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.