एघार बंगुर चोरी गर्ने दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 03 | 12:16 pm 2599

तौलिहवा, मंसिर १७: एघार बंगुर चोरी गर्ने दुर्इ जनालार्इ पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका-७ का प्रेमबहादुर ढाडी र रामवली कुर्मी रहेका छन् ।

ढाडी र कुर्मीले महाराजगञ्ज नगरपालिका–४ बरईपुरका नरदाहे पासीले पालेको ११ बङ्गुर चोरी गरेका हुन्।

दुवै जनालाई ११ बङ्गुरसहित तौलिहवाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय महाराजगञ्जका प्रहरी नायब निरीक्षक अशोककुमार श्रीवास्तवले बताए। चोरीमा संलग्न एक जना अझै फरार छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.