एकैछिनको भारी वर्षाले डुब्यो काठमाडौं (भिडियोसहित)

रिपोर्ट नेपाल | 2018 Jul 11 | 05:32 pm 4011

काठमाडौं, २७ असार : मुसलधरे बर्षासँगै काठमाडौँका केही भाग जलमग्न भएको छ । बुधबार दिउँसो परेको पानीका कारण चावहिल क्षेत्रका केही भाग डुबानमा परेका छन । चाबहिल क्षेत्रका पार्किङमा राखेको सवारी पुरौ चुर्लुम्मै डुबेको छन ।

सञ्चारकर्मी तुरुप संग्रौलाले चाबहील सरस्वती नगरमा पानीका कारण डुबेको पार्किङको एउटा भिडियो फेसबुकमा लाइभ गरेका छन ।

जल तथा मौसम विज्ञान विभागले मुलुकभर मौसम बदली भई हल्कादेखि मध्यम खालको वर्षा हुने बताएका छन् । विभागको अनुसार असार २६ का साथै असार २७ र २८ गते मुलुकभर पानी पर्ने सम्भावना देखिएको छ ।

मनसुनी वर्षा अझै मुलुकभर प्रभावकारी हुन नसकेको र यस वर्षाले तत्काल ठूला नदीमा बाढीको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.