एकै दिन राजधानीबाट ९९ चिनियाँ नागरिक पक्राउ

रिपोर्ट नेपाल | 2019 Dec 23 | 06:47 pm 1248

काठमाडौं, पुस ७ : महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले एकै दिन अहिलेसम्मकै धेरै विदेशी नागरिकमाथि धरपकड गरेको छ ।

टोलीले उपत्यकाका विभिन्न स्थानबाट ९९ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । सीआईबीका प्रमुख डिआईजी नीरज शाहीका अनुसार प्रहरी मुख्यालयबाट प्राप्त सूचनाका आधारमा तीन वटै टोली परिचालित भइ अनुसन्धानको क्रममा चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा तथा उनले के विषयमा अनुसन्धान गर्न नियन्त्रणमा लिएको भन्ने बारे स्पष्ट पारेका छैनन् । उनको अनुसार मनमैंजु र बाँसबारीस्थित दुई घर र बुढानिलकण्ठस्थित एक घरमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी स्रोतका अनुसार काठमाडौंका विभिन्न स्थानमा घर नै भाडामा लिएर कार्यालयको संरचना खडा गरी चीनमा आर्थिक अपराध गरिरहेको सूचनाको अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले नेपालमा बसेर इन्टरनेटको माध्यमबाट चीनमा आर्थिक अपराध गर्ने गरेको स्रोतको दाबी छ ।

पक्राउ परेका अधिकांश चिनियाँहरु पर्यटन भिसा लिएर नेपाल प्रवेश गरेको देखिएको छ । उनीहरु सबैको राहदानी जफत गरी थप अनुसन्धान भइरहेको स्रोतले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.