एकीकृत समाजवादी नेताद्वारा निर्माणधिन रेसुङ्गा विमानस्थलको अवलोकन

| 2022 Feb 03 | 09:14 am 1757

गुल्मी, माघ २०ः नेकपा एकीकृत समाजवादीका नेताहरुले गुल्मीको निर्माणधिन रेसुङ्गा विमानस्थलकोअवलोकन गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १० सिमिचौरमा निर्माण भइरहेको विमानस्थलको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सदस्य र एकीकृत समाजवादी गुल्मीका अध्यक्ष नरेश भण्डारीले अवलोकन गरेका हुन् ।

वि।सं। २०६३ तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रदिप ज्ञवालीले शिलान्यास गरेको विमानस्थलको सुस्त गतिमा काम भएपनि पछिल्लो समय कामले तिव्रता पाएको छ । विमानस्थलमा अहिले धावन मार्ग कालोपत्रेको काम भइरहेको छ । वि।सं। २०७५ जेठ २५ गते तारा एयरले धुले उडान गरेको थियो । निर्माणधिन विमानस्थलको अवलोकनमा पुगेका भूमि आयोग गुल्मीका अध्यक्षसमेत रहेका ठकुरी र नेकपा एकीकृत समाजवादी गुल्मीका अध्यक्ष भण्डारीले विमानस्थल निर्माणका सहायक आयोजना प्रमुख दिनेश परियारसँग भइरहेको र हुने कामको सम्बन्धमा जानकारी लिएका हुन् ।

सिमिचौरमा रेसुङ्गा विमान स्थल निर्माणको लागि मुआब्जा दिने गरेर १४ घर विस्थापित र २८ घर परिवारको जग्गा अतिक्रमण गरेर विमानस्थल निर्मणको काम थालिएको हो । विमानस्थल धावन मार्गको ५ सय २० मिटर लम्बाई र चौडाई २० मिटर रहेको छ । विमानस्थलको काम आउँदो वैशाखमा सकेर नियमित उडान गर्न सकिने अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.