एकीकरण मार्ग पदयात्रा कार्यक्रम

| 2023 Jan 11 | 08:36 am 1921

काठमाडाैं, पुस २७ः ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा २०७९ पुस २१ गतेबाट नेपाली सेनाले आयोजना गरेको एकीकरण मार्ग पदयात्रा कार्यक्रम गोरखा दरबारबाट सुरु भई धादिङ्ग, नुवाकोट हुँदै २०७९ पुस २६ गते हनुमानढोका पुगेको छ ।

हनुमानढोका दरबारमा आयोजित विशेष समारोहमा उक्त कार्यक्रममा सहभागी फौजले गोरखाबाट बोकेर ल्याएको नेपाली सेनाका आरम्भकालीन पाँच कम्पनी (श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी-हाल बर्दबहादुर तथा सबुज)को झण्डा, नेपालको राष्ट्रिय झण्डा तथा दिपज्योती हस्तान्तरण गरेको थियो ।

समारोहमा कार्यरथी उपरथी श्री सागर बहादुर थापा, रथीवृन्द, अधिकृतहरुका साथै हनुमानढोका हेरचाह अड्‍डाका पदाधिकारीहरु एवं राष्ट्रिय सेवादलका छात्रछात्राहरु लगायतको उपस्थिति थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.