एकल तीज नृत्य प्रतियोगितामा दश उत्कृष्ट कलाकारहरु छनौट

रिपोर्ट नेपाल | 2020 Aug 21 | 04:37 pm 2334

  • कौरव खत्री

गुल्मी, भदौ ५ः गुल्मी समाज भिक्टोरिया अष्ट्रेलिया र नेपअस क्रियुको संयुक्त आयोजना गरिएको अनलाइन एकल तिज नृत्य प्रतियोगिताको पहिलो चरणमा दश उत्कृट प्रतियोगी कलाकारहरु छनौट भएका छन् ।

कोभिड १९ को प्रभावले गर्दा खुला ठाँउमा बाहिर जमघट गरी तीज कार्यक्रम गर्ने अवस्था नभएपछि पहिलो पटक अनलाइन मार्फत एकल तीज नृत्य प्रतियोगिता आयोजना गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव प्रकाश अर्यालले जानकारी दिए ।

त्यस्तै प्रतियोगिताको पहिलो चरणबाट नेपालका अनुशा राउत, मेलिना तामाङ्ग, नमिता तामाङ्ग, रुपा लामा, सोनी गुरुङ्ग, समिक्षा भट्टराई, अष्ट्रेलियाबाट दिव्या भट्टराई, पे्ररना खड्का, प्रिति सापकोटा र न्यूजिल्याण्डबाट अस्मिता श्रेष्ठसहित उत्कृष्ट दश प्रतियोगी कलाकारहरु फाइलन अर्थात अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव अर्यालले जानकारी दिए ।

एकल तिज नृत्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा भने यही भदौ ७ गते अर्थात ऋषिपञ्चमीको दिन हुने गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव अर्यालले जानकारी दिए ।

साथै प्रतियोगितामा मूल्याङ्कन छनोटको आधार भने सामाजिक सञ्जाल अर्थात फेसबुकको लाइक, शेयर, कमेन्ट, भ्यूजबाट ३० अंक र निर्णायक मण्डलको ७० अंक सहित गरी १ सय अंकको मूल्याङ्कन आधारमा प्रतियोगी कलाकार छनोट गरी विजेता घोषणा गरिने छ ।

गुल्मी समाज भिक्टोरिया अष्ट्रेलिया र नेपअस क्रियुको संयुक्त रुपमा पहिलो पटक आयोजना गरिएको एकल तीज नृत्य प्रतियोगितामा विजेता हुने प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश नगद ६३ हजार, ४२ हजार ५ सय, २१ हजार र सम्मान पत्र प्रदान गरिने गुल्मी समाजका सचिव अर्यालले जानकारी दिए ।

त्यस्तै हाम्रो पुरानो मौलिकता जोगाउन र कला संस्कृतिलाई संरक्षण प्रर्वद्धन विकास गर्नका लागि पहिलो पटक अनलाइन मार्फत एकल तीज नृत्य प्रतियोगिता आयोजना गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका अध्यक्ष गान्धीप्रसाद भट्टराईले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.