एक सय ६४ किलो चरेससहित एक भारतीय पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 23 | 07:35 am 2174

धादिङ, चैत्र ९ : धादिङ प्रहरीले पृथ्वी राजमार्गस्थित गजुरी गाउँपालिका १ गजुरी बजारबाट शुक्रबार बिहान एक सय ६४ किलो चरेससहित एक भारतीयलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत उत्तरप्रदेश मरेठ जिल्ला मरेठसिटी लिसारी गेटथाना बस्ने २३ वर्षीय मौ महताव छन्। काठमाडौँमा सामान छाडेर भारतको मजहफपुर नगर सामली उत्तरप्रदेश जाँदै गरेको यूपी १९ टी ५१७१ नम्बरको भारतीय ट्रक जाँचका क्रममा इलाका प्रहरी कार्यालय गजुरीले शुक्रबार बिहान चरेस फेला पारेको हो। ट्रकको क्याबिनको माथिल्लो भागमा आठ वटा प्लास्टिकको बोरामा राखिएको अवस्थामा प्रहरीले फेला पारेको हो।

राजधानी काठमाडौँ भित्रिने र काठमाडौँ हुँदै विभिन्न जिल्लामा जाने मुख्य राजमार्गको रुपमा लिइने पृथ्वी राजमार्गमा पछिल्लो समय यस्ता लागुऔषधको ओसारपसार चुनौती बनेको छ। खासगरी भारतीय कन्टेनरहरु र भारतीय नागरिकहरु बढी पक्राउ पर्ने गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.