मकवानपुर, असाेज ६ः मंगलबार विहान एक सय ४ केजी गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–९ का २६ वर्षीय कपिल भनिने रुप खड्का ठकुरी, ३० वर्षीय टलकबहादुर घलान र वडा–४ का २७ वर्षीय मदन कोइराला रहेका छन् ।
उनीहरूलाई बिहान करिब ३ बजे प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट खटिएको प्रहरीले उक्त परिमाणकाे गाँजा बरामद गरी पक्राउ गरेको हो ।
प्रहरी सहायक निरीक्षक हीरालाल श्रेष्ठको कमाण्डमा खटिएको टोलीले मकवानपुरको मनहरी गापा–६ स्थित लोथर खोला बगरको बाटोमा उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले बोकेको प्लाष्टिकको बोराको भारी चेक गर्दा अवैध लागूऔषध गाँजा १ सय ४ केजी फेला परेको हुँदा उनीहरुलाई गाँजासहित पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।