एक युवकको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Mar 17 | 01:57 pm 2476

दाङ, चैत ४: एक युवाको खुकुरी प्रहार गरि हत्या गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर ६ गोलौरा निवासी २३ वर्षीय अनुप बस्नेत, २२ वर्षीय सुशील बस्नेत र २५ वर्षीय अमिक खड्का रहेका छन् ।

उनिहरुले सोमबार खुकुरी प्रहार गरी तुलसीपुर उपमहानगरपालिका वडा नं ५ नामिनगर निवासी २४ वर्षीय हिरा डाँगीको हत्या गरेका थिए ।

खुकुरी प्रहार गर्ने तुलसीपुर १० नयाँ गाउँ निवासी कस्मिर टन्डन फरार रहेका छन् ।

प्रहरीले टन्डनको खोजी तीव्र पारेको तथा नेपाल–भारत सीमानाका लगायतका छिमेकी जिल्लाहरूमा समेत हुलिया पठाइएको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.