एक महिनामा ३ हजार बढी छाउगोठ भत्काइए

रिपोर्ट नेपाल | 2020 Jan 24 | 01:03 pm 1885

अछाम, माघ १०: जिल्लामा एक महिनाको अवधिका ३ हजार १ सय ५७ छाउगोठ भत्काइएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारी अनुसार स्थानीय बुद्दिजीवीहरुको पहल तथा स्वतः स्फूर्तरुपमा त्यति संख्यामा छाउगोठ भत्काइएका हुन् ।

छाउगोठ भत्काउने अभियान अन्तर्गत बिहबारसम्म ३ हजार १ सय ५७ छाउगोठ भत्काइएका छन् । उक्त अभियान ९१ वडामा चलिरहेको छ । अछामका अधिकांश वडा अन्तिम गोठ मुक्त घोषणाको तयारीमा समेत जुटेका छन् ।

जिल्ला, नगर तथा गाउँपालिकाको अनुगमनपछि मात्र अब वडा घोषणाको अभियान जिल्लामा चल्ने भएको छ ।

साँफेबगर नगरपालिकाले मन्त्रालयको निर्देशन आउनेबित्तिकै छाउगोठ भत्काउन सुरु गरेको थियो भने अन्य स्थानीय तहले पुस १५ गते भएको सर्वदलीय बैठकको निर्णयपछि छाउगोठ भत्काउन सुरु गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.