एक महिनामा लागुऔषधका ३४ अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2023 Jan 17 | 05:25 pm 1213

पर्सा, माघ ३ः जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषध मुद्दामा एक महिनामा ३४ जना अभियुक्तलाई पक्राउ गरेको छ । पुष महिनामा दर्ता भएका २३ वटा लागु औषध मुद्दाका ३४ जना अभियुक्त पक्राउ परेका हुन् । पुस महिनामा १ जना महिला सहित ३४ जना अभियुक्तलाई लागु औषध सम्बन्धी कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । पक्राउ परेका सबै नेपाली नागरिक नै रहेको उनको भनाई छ ।

पर्सा प्रहरीले सार्वजनिक गरेको तथ्याङक अनुसार पुस महिनामा सबैभन्दा बढी प्रतिबन्धित लागूऔषध नाईट्राभेट ट्याब्लेट बरामद भएको छ । पर्साको विभिन्न ठाउँबाट १ हजार ४ सय ९९ वटा बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी गाँजा ३ सय ८४ किलो, हेरोइन २१ ग्राम फेनारगन र नुर्फिन १३५/१३५ एम्पुल र डाईजिपाम १२८ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.