कपिलवस्तु, बैशाख २२ः एक किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेकाे आराेपमा एक जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा महाराजगञ्ज नगरपालिका वडा नं ५ इटरोलका २६ वर्षीय रवीन्द्र केवट रहेका छन् ।
गए राति करिब १२ बजे युवतीका घरमा जबर्जस्ती करणीको प्रयास गरेपछि केवटलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।
अभियुक्तको स्युराज अस्पताल बहादुरगञ्जमा शारीरिक परीक्षण गरेर आज मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।