एउटा गिर्छ, संगठन पिर्छ

| 2022 Jun 29 | 10:00 am 5209

काठमाडौं, असार १५ः पूर्व ट्राफिक प्रहरी प्रमुख, तत्कालिन एआइजी तथा हाल अख्तियार दूरुपयोग अनुसन्धान आयोगका आयुक्त जय बहादुर चन्द ट्राफिक प्रहरी प्रमुख छदा ट्राफिक प्रहरीलाई सभ्य व्यवहारमा उतार्न जिब्रोको गरिमा, मिठो बोलीमा भन्ने नारालाई प्रचलित व्यवहारमा उतारेका थिए । तर, उनी सरुवा भए लगत्तै उनका नारालाई ट्राफिक प्रहरीले छाँयामा पार्दै लगको कुरा विधितै छ ।

निलो ड्रेस, टाउकोमा सोतो टोपी, गलामा निलो टाईमा सजिएर घाम पानी नभनी सडकमा धुलो धुँवा खाएर दुई वटा ओठले सिठ्ठी च्यापेर अहोराध्र रोडमा खटिने ट्राफिक प्रहरीलाई देख्दा साच्चिकै दया जागेर आउँछ ।

ट्राफिक प्रहरीले आम सवारी चलकहरुलाई दुःख दिने होइन ट्राफिक व्यवस्थापन मात्र गर्ने हो । यि कुरा ट्राफिक प्रहरीले कहिले बुझ्ने हो । अझ सार्वजनिक सवारी साधनहरुले लेन मिच्दा पनि ठिक हर्न निषेधित क्षेत्रमा हर्न बजाउँदै साना सवारीहरुलाई लखेट्दा पनि ठिक, साथमा सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाउँदा पनि ठिक, जहाँ पायो त्यही सवारी रोकेर यात्रु उकाल्दा ओराल्दा पनि ठिक । तर, निजी सवारी प्रयोगकर्ताहरुले छिसिक्क सानो गल्ती गर्यो कि त त्यसलाई चोर औला ठड्याउँदै रोकेर चिट काटेर कारबाहीको दायरामा नल्याई छाड्दै छाड्दैन रोडमा खटिएका ट्राफिक प्रहरी ।

कस्ता किसिमका ट्राफिक प्रहरी राम्रा र भलाद्मी हुन्छन् ? कस्ता किसिमका घामड हुन्छन भन्ने कुरा उनीहरुले गर्ने व्यवहारले देखाई रहेको हुन्छ । यस्तै क्रममा असार १४ गते मंगलबार साँझ करिब ६ः४५ बजेको समयमा ओखलढुंगा दरबन्दी भई हाल ट्राफिक प्रहरी वृत्त गौशालामा कार्यरत मित्रपार्क एरियामा ड्युटिमा खटिएका ट्राफिक प्रहरी हवल्दार गंगा बहादुर दनुवारले भने महिला र सानो बच्चा सवार रहेको एक निजी सवारी प्रयोग कर्तालाई (मु….) जस्तो अपशब्द प्रयोग गरी हदैसम्मको दुर्व्यवहार गर्न पछि परेनन् ।

यस्ता किसिमका घामड ट्राफिक प्रहरीका कारण सम्पूर्ण ट्राफिक प्रहरीहरु बदनामी भई आम नागरिकहरुको अगाडि घृणित हुन पुगेको छ । ट्राफिक प्रहरी जस्तो गरिमामय संगठनलाई घृणित तथा बदनाम गर्न खोज्ने गंगा बहादुर दनुवार जस्ता ट्राफिक प्रहरीलाई किन खटाइन्छ रोडमा ।

यि ट्राफिक प्रहरीले गरेको दुर्व्यवहारको बारेमा जानकारी गराउन खोज्दा सुन्ने निकाय कोही नभेटिएको कुरा उक्त सवारी चालकले रिपोर्ट नेपाललाई बताए ।

यस्ता गंगा बहादुर जस्ता ट्राफिक प्रहरीले गर्ने व्यवहारका कारण  प्रहरी हाम्रो साथी भन्ने नेपाल प्रहरीको नारालाई ओझेलमा पार्दै लाने कुरामा कुनै दुईमत नहोला । अनि ट्राफिक प्रहरी गंगा बहादुर दनुवार जस्ताका कारण एउटा गिर्छ, संगठन पिर्छ भन्ने हाम्रो नाराले सार्थकता पाउन सक्ला कि ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.