एआइजी सरुवा हुने हल्लाले प्रहरीमा तरंग

| 2023 Aug 14 | 06:28 pm 5445

काठमाडाैं, साउन २९ । नेपाल प्रहरीमा एक वर्ष नाघेका एसपी र झण्डै डेढ वर्ष नाघेका इन्सपेक्टरको सरुवाको चर्चा चलिरहेका समयमा एकाएक एआइजीको सरुवा हुने हल्लाले प्रहरी प्रधान कार्यालयमा हंगामा भएको छ ।

रिपोर्ट नेपाललाई एक स्रोतले दिएको जानकारी अनुसार प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरलाई अनेक बहानामा घेराबन्दी गर्ने र विभिन्न कार्यमा विवादमा आएका प्रहरीका केही एआइजीलाई सरुवा गर्ने हल्लाले सोमवार दिनभर प्रहरी प्रधान कार्यालय तरंगित भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.