ऋषि धमलाको कारमाथि मोटरसाइकलले गर्‍याे हमला

रिपोर्ट नेपाल | 2019 Mar 10 | 08:17 am 2213

काठमाडौं, फागुन २६ : पत्रकार ऋषि धमलाको कार र एक मोटरसाइकल दुर्घटनामा परेको छ । उनका निवास लाजिम्पाटबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर जाने क्रममा उक्त दुर्घटना भएको छ ।

आज (आइतबार) बिहान अन्दाजी ५ः३० बजे विपरित दिशाबाट आएको मोटरसाइकल पत्रकार धमलाको कारमा ठोक्किएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् भने धमला सामान्य घाइते भएको स्रोतले जनाएको छ । मोटरसाइकल चालकको पहिचान भने खुल्न सकोको छैन ।

कारसँग ठोक्किदाँ मोटरसाइकलमा क्षति पुगेको छ । धमलाका गाडीका चालक गम्भीर घाइते हुँदा चालकलाई अस्पताल भर्ना गरिएको छ ।

तिब्र गतिमा आएको मोटरसाइकल धमला सवार कारमा ठोक्किएको थियो। सामान्य घाइते भएपनि धमलाले नेपाली रेडियो नेटकर्वबाट सञ्चालित बहस कार्यक्रम आइतबार बिहान चलाएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.