उम्मेदवारको अन्तिम नामावली प्रकाशित (नामावलीसहित)

रिपोर्ट नेपाल | 2021 Dec 12 | 04:17 pm 1533

काठमाडौं, मङ्सिर २६ः नेपाली काँग्रेसले १४ औँ महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ ।

महाधिवेशनमा सभापतिमा पाँच जना , दुई उपसभापतिका लागि सात, दुई महामन्त्रीका लागि छ र आठ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १ सय ३४ पदका लागि ५ सय ४८ जनाले मनोनयन दर्ता गराएका थिए । जसमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका दुई जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले मनोनयन फिर्ता लिएका छन् । प्रदेश २ का दुई केन्द्रीय सदस्य भने निर्विरोध भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.