उभौली पर्वले वातावरण स्वच्छ राख्न प्रेरणा दिन्छ : राष्ट्रपति भण्डारी

रिपोर्ट नेपाल | 2019 May 18 | 12:11 pm 1233

काठमाडौं, जेठ ४ :  राष्ट्रपति विद्यादेवी भण्डारीले किरात समुदायको उभौली पर्वले नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव थप सुदृढ पार्न अभिप्रेरित गर्दै समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा दिने बताएकी छिन्।

उभौली पर्वका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका राई, लिम्बू, याक्खा, सुनुवारलगायत किरात समुदायमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन्। उनले प्रकृतिपूजक किरात समुदायलाई धर्तीको वातावरण स्वच्छ राख्न यस पर्वले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन्।

सन्देशमा भनिएको छ, ‘यस्ता पर्वहरूले हाम्रो सांस्कृतिक धरोहर र सम्पदालाई समुन्नत तुल्याउँदै विविधताको सम्मान गर्ने संस्कृतिको प्रवर्द्धन र विकास गर्न सघाउँछ भन्ने मलाई लाग्दछ।’ यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले उभौली पर्वको अवसरमा देशविदेशमा रहेका किरात समुदायमा शुभकामना व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.