नक्कली सुन चाेर प्रहरीकाे फन्दामा

रिपोर्ट नेपाल | 2018 Jun 01 | 08:20 am 3700

काठमाडौँ: जेठ १८
गत जेठ १० गते बा २ ज १९२३ नम्बरकाे ट्याक्सी चालकले दिएकाे सुचनाका अाधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले लुटिएको नक्कली सुनसहित लुटेराहरुलाई पक्राउ गरेको छ । प्रहरीले १ किलो सुन लुटिएको सूचनाका आधारमा खोजी गर्दा पक्राउ परेका लुटेरहरुसँग बरामद भएको सुन जाँचको क्रममा नक्कली भएको महानगरीय प्रहरी परीसर काठमाडाैंले जनाएकाे छ ।

सूचना पाए लगतै अनुशन्धानमा सकृय रहेकाे प्रहरीले नक्कली सुनसहित लुटेरहरु पक्राउ गर्न सफल भएकाे छ । गोगंबुबाट पोखरा जान लागेका यात्रु ओमनाथ देवकोटाको साथबाट दुई वटा मोटरसाइकलमा आएका तीनजना लुटेराहरूले सुन लुटेको खबर ट्याक्सी चालकले प्रहरीलाई दिएका थिए।

चालककाे सूचनाका आधारमा प्रहरीले गोगंबु बस्ने कुमार केसीले सोनाम भन्ने नेमजुङ्ग तामाङसँग एक किलो सुन खरिद गर्ने सहमति गरेको सुइकाे पायो। सुन बिक्री वापत तत्काल दस लाख दिने र बाँकी रकम बिक्री पश्चात दिने सहमति भएको कुरा अनुसन्धानबाट खुलेकाे छ ।

कुमारले सुन किन्न ९ लाख ५० हजार रुपैयाँ ग्लोबल आईएमई बैंकमा आफ्ना साथी ओमनाथ देवकाटाले पाउने गरी पाेखराबाट डिपोजिट गरिदिएका थिए। उनलेले भने अनुसार ओमनाथले सो रकमले सुन किनेर पोखरा फर्किंदै गर्दा सुन लुटिएको तथ्य थाह पाएसँगै प्रहरी सुन लुटेराको खोजीमा लागेको थियो।

सुन बेच्नका लागि देव भन्ने कोतबहादुर तामाङले सुन ग्राहक खोजेर सोनामलाई भेटाइदिएको र सुनको किनबेच भएपछि उनी आफैंले उक्त सुन लुट्ने योजना बनाएको बताइएकाे छ। सुन किनेर पोखरा लिएर जाने बेलामा लुटने योजना अनुसार नै देवले आफ्ना साथी नविन गुरुङलाई खबर गरेको र नबिनले पनि आफूहरुलाई सघाउन अर्का सहयोगी निमा लामालाई भनेक थिए । उनले राजिबकुमार बोलोन, अर्जुन तामाङ र बानसन श्रेष्ठलाई खबर गरेपछि सुन लुटने योजना बनाइएकाे थियाे ।
बा६६प ३१५६ नम्बरको स्कुटर र बा ७४ प २७१९ नम्बरको मोटरसाइकल र एक स्कार्पियो गाडीमा सुन लिएर जाँदै गरेको देवकोटाको ट्याक्सी पछ्याउँदै दहचोकमा ट्याक्सी रोकेर ओमनाथलाई कुटपिट गरी सुन लुटेको प्रहरीले बताएको छ।

नक्कली सुन लुटरा समूहलाई प्रहरीले पक्राउ गरेपछि निमाको साथबाट सुन बरामद भएको थियाे । बरामत भएकाे सुन परिक्षण गर्दा नक्कली सुन किनबेच र लुटपाट भएको तथ्य प्रहरीले जनाएकाे छ।

परिसरका बरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोख्रेलले नक्कली सुन भन्ने कुरा अनुसन्धानको अन्तिममा मात्रै पत्ता लागेको बताए । पोख्रेलले यो घटना सार्वजनिक भएसँगै नक्कली सुनलाई सक्कली भनेर अवैध कारोबार गर्नेको समूह पनि राजधानीमा सक्रिय रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.