उपमेयर घरबाट दिउँसै सुनसहित १६ लाख चोरी

| 2018 Nov 22 | 11:38 am 2100

भक्‍तपुर, मंसिर ६ : भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको सूर्यबिनायक नगरपालिका सिपाडोलमा रहेको घरमा मंगलबार दिउँसै चोरी भएको छ। उनको घरमा बिहान १० देखि बेलुका ५ बजेका बिचमा चोरी भएको हो।

प्रहरीका अनुसार उनको दुईतले घरको भुईतलामा रहेको सेफ नै चाेरी भएकाे छ। चोरले सेफमा रहेको नगद सहित सुन र चाँदीका गहना लगायतका सामाग्री चोरी लगेको हो।

प्रहरीका अनुसार उपमेयर जाेशीले मंगलबार साँझ सातबजे खबर गरेकी थिइन। घटनास्थलमा घरको पछाडीको ढोका फोडेर चोर प्रवेश गरेको देखिएको छ।

उपमेयर जोशीले दाबी गरे अनुसार सुनका चुरा ६ थान, सुनको नेकलेस २ थान, सुनकै माला र हिराका गहना चोरी भएको हो। चोरले उपमेयर जोशीको घरबाट सुन मिसिएको चम्चा र १ लाख ५० हजार नगद समेत चोरी गरेको छ। प्रहरीका अनुसार उपमेयर जाेशीकाे घरबाट १५ लाख ९८ हजार ७५० रूपैयाँ बराबरको धनमान चोरी भएको जाहेरी परेकाे छ।

भक्तपुर प्रहरी र अपराध महाशाखाको टोलीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान गरिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.