उपत्यकासहित देशका अधिकांश क्षेत्रमा भएको वर्षा कहिले रोकिन्छ ?

| 2019 Jan 26 | 07:21 am 1521

काठमाडौं, माघ १२ : सुदूर पश्चिम बाहेक देशका सबै क्षेत्रको मौसम बदली भइ पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा शुक्रबार रातिदेखि नै पानी परेको मौसमविद मञ्जु बीसीले जानकारी दिइन् ।

अहिले बिहान पनि देशका पश्चिम, मध्य र पूर्वका अधिकांश क्षेत्रमा पानी परेको छ । ठूलो नभए पनि हल्का तथा मध्यम स्तरको पानी परिरहेको मौसमविद बीसीले बताइन् ।

दिनभर नै मौसम सामान्यदेखि पूर्ण बदलीको अवस्थामा रहने छ । पानी पर्ने क्रम भने दिउँसोपछि कम हुनेछ । तराई तथा पहाडी क्षेत्रमा पानी परेको छ भने उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।

शनिबार दिनभर मौसम बदलीको अवस्था रहे पनि आइतबारदेखि भने पश्चिमी वायुको प्रभाव कम हुने भएकाले मौसम खुल्दै जाने छ ।

मध्य र पूर्वका पहाडी क्षेत्रमा आइतबार आंशिक बदलीको अवस्था रहे पनि अरु ठाउँको मौसम भने सफा नै हुने सम्भावना रहेको मौसमविद बासीले जानकारी दिएकी छन् ।

पानी परेसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा जाडो बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.