काठमाडौं, भदौ १० : यही भदौ १४ र १५ गते हुन लागेको चौथो बिमस्टेक शिखर सम्मेलनलार्इ लक्षित गरी सरकारले ३ दिन काठमाडौंका सडकमा आधा सवारीसाधन चल्न नदिने निर्णय गरेको छ । सवारी साधनमा आगामी बुधबार, बिहिबार र शुक्रबार जोर र विजोर प्रणाली लागू हुने भएको छ ।
१,३,५,७,९ नम्बरका सवारी धनीले १३ र १५ गते र ०,२,४,६,८ नम्बरका सवारी धनीले १४ गते चलाउन पाउनेछन् । १३ र १५ गते बिजोर नम्बरका सवारी गुडाउन पाइनेछ भने १४ गते जोर नम्बरका सवारी गुडाउन पाइनेछ । ट्राफिक प्रहरी महाशाखाका अनुसार नम्बर प्लेटको अन्तिम अंकको अधारमा जोर बिजोर लागु हुनेछ ।