उपत्यकामा फेरि ७ दिन निषेधाज्ञा थपिने

रिपोर्ट नेपाल | 2020 Sep 02 | 03:14 pm 1728

काठमाडौं, भदौ १७ः विश्व महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमित संख्या उपत्यकामा बढेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रजिअहरुले गत भदौ ४ गतेदेखि लागु गरेको निषेधाज्ञा एक साता थप हुने भएको छ ।

आज बुधबार तीनै जिल्लाका प्रजिअहरुको बसेको संयुक्त बैठकले निषेधाज्ञाका कारण संक्रमण न्युनिकरण र प्रभावकारी भएको भन्दै थप एक साता निषेधाज्ञा थप्ने निश्कर्ष निकालेको बुझिएको छ ।

गत भदौ १० गते थप भएको निषेधाज्ञा आज राति १२ बजेबाट समाप्त हुदैछ ।

आगामी थप हुने निषेधाज्ञा गृहमन्त्रालयले घोषणा गर्ने बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.