उपत्यकामा डुबान पीडितको उद्धार जारी

| 2018 Jul 12 | 09:52 am 3703

काठमाडौं, असार २८: बुधबार राति देखि परेको अविरल वर्षाले उपत्यकाका विभिन्‍न ठाउँमा डुबान भएको छ। विशेषत: बागमतिको छेउछाउका सुकम्वासी तथा भूकम्पपिडितका बस्तीहर, भक्तपुरको हनुमन्ते खोला छेउका भूकम्प पिडितका बस्तीहरु डुवानमा परेका छन्।

उपत्यका यसरी डुवान हुँदा धेरै धनजनको क्षती भएको छ। उपत्यकाभरी डुबान क्षेत्रमा उद्धार जारी छ। बिहीबार बिहानै देखि उद्धारकर्ताहरु खटिएका छन्। भक्तपुरको राधे राधे, ठिमी, जगाती लगायतका क्षेत्रमा डुबानले बढी प्रभावित बनाएको छ।

सुरक्षाकर्मीले राधे राधे क्षेत्रबाट केहीलाई सुरक्षित स्थानमा स्थानमा सारेको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.