उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका १ सय जना ‘स्वयंसेवक’ परिचालन

रिपोर्ट नेपाल | 2021 Jan 26 | 02:29 pm 2649

काठमाडौं, माघ १३ः ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसाथ महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल स्काउटको सहकार्यमा नेपाल स्काउटका १ सय जना युवाहरुलाई ट्राफिक स्वयंसेवक बनाइ मंगलबारदेखि परिचालन गरिएको छ ।

सवारी साधन अस्तव्यस्त भएको ठाउँहरुमा स्वयंसेवक परिचालन गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । परिचालन गरिएका स्वयंसेवकहरुले पैदल यात्रु तथा सवारी चालकहरुलाई ट्राफिक सम्बन्धी जनचेतना फैलाउने भएकाले ट्राफिक व्यवस्थापनमा सहजता आउने उनले विश्वास व्यक्त गरे ।

नेपाल स्काउटका आयुक्त लोकबहादुर भण्डारीले स्वयंसेवकहरुले नागरिकलाई सही तरिकाले सही ठाउँबाट बाटो काट्न सिकाउने बताए ।

सडक दुर्घटना तथा विपतबाट बच्न तथा कुनैपनि संकटबाट बचाउन नागरिकलाई जनचेतना अभिवृद्धि गर्न नेपाल स्काउटले सधैँ सहकार्य गर्ने उनको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.