उपत्यकाकाे दुई जिल्लासहित ६ जिल्लामा थपिए २६ संक्रमित, संक्रमितको संख्या २ सय १७

रिपोर्ट नेपाल | 2020 May 12 | 11:02 pm 1864

काठमाडौं, बैशाख ३०ः उपत्यकाकाे दुई जिल्ला काठमाडौं र भक्तपुर अन्य जिल्ला सर्लाही, धनुषा, महोत्तरी र पर्सालगायतका जिल्लामा २६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । मंगलबार बिहान मात्रै ५७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।

मंगलबार साँझ उपत्यकामा संक्रमण भएकामध्ये काठमाडौंकी ३३ वर्षीया महिला ,भक्तपुरमा पनि २५ वर्षीया महिला र २७ वर्षीय पुरुष रहेका छन् । त्यस्तै सर्लाहीमा ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यसैगरी धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुष, महोत्तरीमा १६ र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । पर्सामा २२, २८, २८, ३२, ४५, ६० वर्षीया महिलाहरु र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९ , ५५, ६१, ६१ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे हो ।

मंगलबार मात्रै ८३ जनामा कोरोना संक्रमण देखिएको छ । याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.