उपचारपछि घर फर्किए लगत्तै एक महिलाको मृत्यु

| 2020 Mar 27 | 03:56 pm 2384

तनहुँ, चैत १३: पेट दुखेर उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा गएकी भिमाद नगरपालिका–९ की ३४ वर्षीया थमनकुमारी आलेको मृत्यु भएको छ ।

बिहीबार साँझ अस्पताल पुगेकी आलेलाई ग्याष्ट्रिक भएको भन्दै सुई लगाएर फर्काइएको थियो । तीन महिनाकी गर्भवती आलेको घर फर्केलगत्तै राति पुनः स्वास्थ्यमा समस्या आएपछि पोखरा लैजादै गर्दा बाटामा नै मृत्यु भएको हो ।

अस्पतालको चरम लापरवाही भएका कारण महिलाको ज्यान गएको भिमाद नगरपालिका ९ का वडाध्यक्ष इमानबहादुर थापाले आरोप लगाए। महिला नाताले वडाध्यक्ष थापाकी भाइबुहारी हुन् ।

देशमा लकडाउनको समय भएकाले अहिले कुनै विरोध नगरी सहज परिस्थिति भएपछि यस्ता घटना आउँदा दिनमा नदोहोरियोस् भनी अस्पताल प्रशासनमा छलफल गर्ने गरी शव दाहसंस्कारका लागि तयारी गरिएको वडाध्यक्ष थापाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.