उपचारको क्रममा सुत्केरीको मृत्यु

| 2019 Nov 03 | 09:24 am 2330

बाजुरा, कात्तिक १७: शनिबार बिहान बाजुराको त्रिवेणी नगरपालिका–१ छतारास्थित स्वास्थ्य चौकीमा उपचारकै क्रममा एक सुत्केरीको मृत्यु भएको छ। मृत्यु हुनेमा २७ वर्षकी रेजिया नेपाली रहेको अनमी सुमित्रा पाध्यायले जानकारी दिए ।

रेजिया नेपाली चौथो सन्तान जन्माउन स्वास्थ्य संस्था पुगेकी थिइन्। सन्तान पाएको ६ घण्टापछि बेहोस भएर मृत्यु भएको अनमी पाध्यायको बताए। घरबाट स्वास्थ्य संस्था ल्याएको २ मिनेटमै बच्चा जन्माएकी थिइन।

विहान साढे चार बजेसम्म अवस्था राम्रै रहेकोमा, पाँच बजेपछि एकाएक बेहोस भएर ज्यान गएको सुत्केरी गराउनमा संलग्न रहेकी अनमी पाध्यायले बताए। विहान एक गिलास दूध र बिस्कुट खाइन्, बच्चालाई दुध खुवाइन्, त्यसको आधा घण्टापछि बेहोस भएर मृत्यु भयो –पाध्यायले बताए।

कमजोरीका कारण बेहोस भएको हुन सक्ने स्वास्थ्यकर्मीको भनाइ छ। नेपाली गर्भावस्थामै जीप दुर्घटनामा परेर कमजोरी भएको आफन्तले बताए । शरिरमा रगतको मात्रा कमी भएर नै कमजोरीले ज्यान गएको हुन सक्ने त्रिवेणी स्वास्थ्य शाखा संयोजक चिरञ्जीवी शाहको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.