उद्योग मन्त्री भट्टलाई टाउको काट्ने धम्की

| 2020 Jul 30 | 04:18 pm 1997

काठमाडौं, साउन १५ः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।

बिहीबार संसदको उद्योग तथा वाण्ज्यि श्रम तथा उपभोक्त हित समितिको बैठकमा बोल्दै उनले एमसीसी सम्बन्धी सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्यान मार्ने धम्की दिएको बताएका हुन् ।

उनले समिति बैठकमा बोल्दै भने, ‘मलाई बझाङबाट फोन गरेर एकजनाले एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीँ टाउको काट्छु भनेर धम्की दिनुभएको छ’ । ज्यान मार्ने धम्की दिने व्यक्तिलाई ‘मैले एमसीसीबारे के अध्ययन गर्नुभएको छ भनेर सोध्दाचाहिँ उहाँले थाहा छैन भन्नु भयो ।

मन्त्री भट्टले नेपालमा कुनै पनि विषयमा पढ्दै नपढी प्रतिक्रिया जनाउने प्रचलन बढ्दै गएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.