उद्घाटनमा सभामुखले ब्याटिङ गरे, मुख्यमन्त्रीले बल फ्याँके

रिपोर्ट नेपाल | 2018 Oct 26 | 11:53 am 1785

काठमाडौं , कार्तिक ९: पोखरा प्रिमियर लिग (पीपीएल) को उद्घाटन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महारा र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका छन् । अतिथिद्वयले बलिङ र ब्याटिङ गर्दै संयुक्त रुपमा पीपीएल उद्घाटन गरेका हुन् ।

पीपीएलको उद्घाटनका लागि शुक्रबार बिहानै पोखरा आइपुगेका महराले पीपीएलको उद्घाटन सत्रमा ब्याटिङ गरेका छन्। उनका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले बलिङ गरे ।
उद्घाटन गर्दै पहिला ब्याटिङ गरेका महराले ३ बलमा ब्याटिङ गरे। उनले २ बलमा ब्याट छुन नसकेपनि एक बलमा ब्याट छोएका थिए भने गुरुङका लागि सभामुख महराले २ बल दिए । जसमा गुरुङले पहिलो बल नछोएपनि दोस्रो बलमा गुरुङले ब्याट छोए।

पीपीएलले पोखरालाई क्रिकेटको सहरका रुपमा पनि परिचित गराउने अथितिले विश्वास व्यक्त गरे। उद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टनले विराटनगर टाइटन्ससँग प्रतिस्पर्धा गर्दैछ।

खेल लाइभ

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.