उदयपुरको मुर्कुची बजार लक्की सेभेन

| 2022 Jul 17 | 10:58 pm 7129

  • शंकर रिखाम मगर

उदयपुर, साउन १ः उदयपुरको चौथौ व्यापारिक केन्द्र मानिने रौतामाई गाउँपालिका ७ स्थित रहेको मुर्कुची बजार नमुना बजारको लागि लक्की सेभेन बनेको छ ।

No description available.

उदयपुरको सदरमुकाम गाइघाटबाट लगभग २१ किलोमिटर भित्री पहाडी भेग अन्तर्गत पर्ने उक्त रौतामाई गाउँपालिकाको पर्यटकिय धार्मिक स्थल रौता पोखरी, रमणिय स्थल चित्रेथाम हुँदै हलेशी महादेव तिर्थ स्थल दर्शनको लागि जाने मुल सडक चौवाटो अन्तर्गत पर्ने त्रीयुगा नगरपालिका, उदयपुरगढी गाउँपालिका र रौतामाई गाउँपालिका गरि ३ वटा पालिकाको ७ नम्वर वडाको केन्द्रमा पर्ने (लक्की सेभेन) मुर्कुची बजार भनेर पनि चिर परिचित हुने भएको छ ।

उक्त नमुना बजारको सडक, खानेपानी, बजार व्यवस्थापन, फोहोर व्यवस्थापन, डम्पिङ्ग साइटदेखि लिएर अन्य पुर्वाधारहरुको निर्माण चरणहरु अगाडि बढाउने र जुनसुकै कार्य गर्नु परेमा पनि आफू पछि नहट्ने पालिका अध्यक्ष विरेन्द्रकुमार मगरले बताए ।

No description available.

मुर्कुचिलाई चिर परिचित गराई नामुनाको रुपमा पहिचान गराउन सम्पूर्ण युवा, महिला, पुरुष, वुद्धिजिवी, व्यापारी र विभिन्न संघ संस्थाहरुले हातमा हात र साथमा साथ दिदै सहयोग गरेमा बजार नमुना बन्नको लागि आवस्यक पुर्वाधार जुटाउन समस्या नहुने वडाध्यक्ष मनोजकुमार राना मगरले बताए । हाल मुर्कुची बजार क्षेत्रमा १० मिटरको सडक निर्माणाधिन अवस्थामा सन्चालन भइरहेको छ । सडक निर्माणको अवस्थामा केही विवाद आएर सडक मापदण्ड अनुसार गर्न नसक्ने सिर्जना भएतापनी सहमतिको आधार खुल्न गएको वडाध्यक्ष मगरले बताए ।

No description available.

उक्त छलफलमा रौतामाई ७ का वडाध्यक्ष मनोजकुमार राना मगरको अध्यक्षतामा र गाउँपालिकाको अध्यक्ष विरेन्द्रकुमार आले मगरको प्रमुख आतिथ्य तथा स्थानीय उद्योगपति भरतवहादुर थापाको विशेष अतिथि लगाएत विभिन्न दलमा आवद्ध रहेका दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघका महासचिव महेश पन्जियार, स्थानीय व्यापारीका साथै पत्रकारहरुको उपस्थितिमा विभिन्न किसिमका प्रस्तावहरुको निर्णयहरु पास गरिसकेको छ ।

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.