उदयपुरको मस्जिदमा फेला परेका १२ जना कोरोना संक्रमितलाई विराटनगरको कोरोना विशेष अस्पताल लगियाे

रिपोर्ट नेपाल | 2020 Apr 18 | 08:44 am 1584

काठमाडौं, बैशाख ६ः शुक्रबार उदयपुरको मस्जिदमा फेला परेका १२ जना कोरोना संक्रमितलाई विराटनगरको कोरोना विशेष अस्पतालमा लगिएको छ ।

शुक्रबार राति १२ बजे कोरोना संक्रमित १२ जना र उनीहरु सँगै रहेका अन्य चार जनालाई पनि एम्बुलेन्स मार्फत विराटनगर लगिएकाे उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए। संक्रमित भएकामध्ये ११ जना भारतीय नागरिक र एक जना नेपाली रहेका जनाइएकाे छ ।

संक्रमित १२ जनालाई कोशी अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन् । संक्रमित सँगै रहेका अन्य चार जनालाई भने मोरङको टाँडीमा सञ्चालित क्वारेन्टाइनस्थलमा पठाइएको बताइन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंबाट कोरोना संक्रमण पुष्टि भएपछि ती भारतीय नागरिकलाई उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा रहेको मस्जिदबाट चारवटा एम्बुलेन्समा राखेर विराटनगर लगिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.