उदयपुरको भुल्केमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ पुग्याे

| 2020 Apr 21 | 05:04 pm 2185

काठमाडाैं, बैशाख ९ः नेपालमा कोरोना संक्रमितहरुको संख्या थपिने क्रम बढ्दो देखिएको छ । उदयपुरको भुल्केमा थप १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हाे ।

१३ जनामा संक्रमण पुष्टि भएकाे साता दिन नवित्दै थप १ जनामा पनि संक्रमण पोजिटिभ देखिएको छ । उनी ३३ बर्षीय पुरुष हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा संक्रमण  भएको पुष्टि  गराएकाे हो । यो सहित नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.